CTEVT को ३६ औ व्यवस्थापन समिक्षा गोष्ठी उद्घाटन कार्यक्रम सम्पन्न

 

पुस 11 - प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् द्धारा संचालित ३६ औ व्यवस्थापन समिक्षा गोष्ठी लाहान प्राविधिक शिक्षालय, लहान, सिरहामा आज २०७५ पौष ११ गते प्रदेश नं. २ का सामाजिक विकास मन्त्री माननीय नवल किशोर शाहद्धारा पानसमा वत्ती बाली उद्घाटन गरियो । यस कार्यक्रमको समापतित्व डा. कूल ब. बस्नेतले गर्नू भएको थियो । CTEVT का सदस्य सचिव श्री पष्परमण वाग्ले अतिथिको आशन गर्दै सवै अतिथिज्यूहरुलाई आसन ग्रहण गराइएको थियो ।

प्रदेश नं. २ का सामाजिक विकास मन्त्री माननीय नवल किशोर शाहले २०७२ सालको संविधानले संघीय व्यवस्थाले ३ थरीको सरकारको व्यवस्था गरेको छ । माननीय शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीको अनूरोधमा म यहा आएको छू । शिक्षा मन्त्रीले गर्नू भएको कार्यले  ५४ लाख जनता भएको प्रदेशमा पनि ६००० लाई तालिम दिने अनि १४लाख भएको प्रदेशमा पनि ६००० लाई तालिम दिने यसले वरावरको सिद्यान्त विपरित काम भएको छ । यो जीवन संग गासिएको शिक्षा हो । त्यसैले समय अनूसार आफूलाई परिवर्तन गर्न आवश्यक छ । शिक्षा र स्वास्थ्य प्रदेशको व्यवस्था अन्र्तगत आउछ । त्यसैले म आफ्नो प्रदेशको व्यवस्था आफै गर्न सक्छू भनि सवैलाई भनेको छू । यही सडकमा प्रजातन्त्रको पक्षमा लडाइ लडेर आएको व्यक्ति हू । त्यसैले आफ्नो जीवनको ५० बर्ष सडकमा छू अहिले मन्त्री भएर पनि कूनै लोभ छैन, प्रदेशको जनताको लागि मेरो ज्यान दिन तयार छू । अव वदलिएको परिस्थितीमा तपाई पनि वदलिनूस । अव बासको खट बनाएर काम गर्ने जमाना गइ सकेको छ त्यस्ता प्रविधिको प्रयोग गर्नूस । शिक्षकलाई तालिम दिनूस र २६ प्रतिशत जनशख्या भएको यो प्रदेशलाई अघि बढाउनूहोस । विदेशमा जाने व्यक्ति पनि ५० प्रतिशत यही प्रदेशबाट जान्छ । लाहानलाइ मात्र होइन ८ जिल्लालाई नै अघि बढाउने हो । CTEVT संसारमा चिनिएको संस्था हो यदि कामले यसलाई परिवर्तन गरे केही फरक पर्दैन । सम्पूर्ण शिक्षा जगतमा मानिस किन अन्तिममा आउछ त्यसबाट हामीलाई असर परेको छ । त्यसैले शिक्षामा लाग्ने व्यक्तिलाई तलव अरु भन्दा बढी गरेर भए पनि यसमा सवैको रुची बढाउन आवश्यक छ । प्रतिष्ठा दिन जान्नूस अनि व्यक्ति यसमा आउछन् । सरकारबाट पनि यसको स्तर वृद्धि गर्नू पर्छ । १० बर्ष खर्च गरेर डाक्टर भएकोलाई रु.३०००० महिनाको दिएर हून्छ? यसको समस्या समाधान गर्नू पर्छ । प्रदेशले सवैको चिन्तन गर्छ यसले प्रदेश सरकारलाई मजवूद पार्छ । सिंहदरवारको शक्ति अव जनतामा आएको छ । निश्चित रुपमा २१ औ शताव्दी प्राविधिक शिक्षाको शताव्दि हूनेछ भन्दै आफ्नो भनाइ राख्नू भयो ।

कार्यक्रमका सभापति डा.कूल बहादूर वस्नेतले देश भरीबाट छरिएर आउनू भएको छ तपाईको सक्रिय सहभागी हूनू हूनेछ । भरखरै प्राविधिक शिक्षामा भएको दाड.गमा भएको दूघर्टनाले हामीलाई मर्माहित बनाएको छ । यो दूखत घडीमा तपाईहरु आउनू भएको छ । सवैलाई धन्यवाद दिनू भयो ।  नेपालको त्ख्भ्त् सिस्टममा के परिवर्तन लिएर आयौ ? प्राविधिक शिक्षाको रोजगारी के छ त? यस गोष्ठीमा छलफल गर्नू पर्छ । परिणाममा आधारित छलफल गर्नू पर्छ । प्रशिक्षण लाई चूस्तदूरुस्त वनाउन के गरेउ यस बारे पनि छलफल हूनेछ । के हामी हाम्रो जिम्मेवारी प्रति उत्तरदायित्व पूरा गरेका छौ त? राजनैतिक रुपमा देशले कोल्टे फेरेको बेला नया सोचमा जाने कि? पूरानै अवस्थामा जाने? मूलूकले हाल सम्म त्ख्भ्त् को जिम्मेवारी हाम्रो काधमा राखेको छ । पहाडबाट तराइमा सर्ने कूरालाई कसरी घटाउने यसलाई ध्यान दिने कि? उनीहरुले काम पाउछन कि पाउदैनन् उचित ज्याला पाउछन् कि पाउदैनन् यसलाई हेर्नू आवश्यक छ । समाज विकासको क्रममा जिवन प्रयन्त शिकाइलाई जोड दिनू पर्छ । यदि इतिहासमा देखाउने हो भने यो ३ दिनले धेरै काम गर्न सक्छ भन्दै सवैलाई सक्रिय भएर सहभागी हून निर्देशन दिनू भयो ।

ऋत्भ्ख्त् का सदस्य सचिव पूष्परमण वाग्लेले गरिखाने शिक्षालाई अति महत्व दिदै हाम्रो निमन्त्रणा स्वीकार गरी पाल्नू हूने सामाजिक विकास मन्त्रीलाई धन्यवाद दिनू भयो । आजको आवश्यकता प्राविधिक शिक्षा मानिसलाई आवश्यक पर्ने भौतिक तथा सामाजिक सूविधा पूरा गर्ने प्राविधिक शिक्षा नै भएको हो  । यसको व्यापकतामा लानू पर्ने आवश्यकता छ । उत्पादन बृद्धि, उत्पादनको उत्पादकत्व वृद्धि गर्ने र उत्कृष्ट सेवा प्रदान गर्ने दक्ष जनशक्ति उत्पादन कार्यमा ऋत्भ्ख्त् लागि रहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायि तालिमको विकास विस्तार बाट नै आर्थिक तथा सामाजिक उन्नती भई समृद्ध नेपाल सूखी नेपाली बनाउन ऋत्भ्ख्त् लागि परेको छ । देश संघियतामा गइ रहेको अवस्थामा ऋत्भ्ख्त् पनि प्राविधिक हयोग पूरयाउन तयार छ। राज्यलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्नू पर्ने छ । प्राविधिक शिक्षालाई निशूल्क बनाउनू छ । यसलाई अघि बढाउदै जानू छ । तर अफसोच जसले गर्छ त्यसलाई तल्लो दर्जामा राखिएको छ । दशैमा नया कपडा सिलाउदा दर्जीको वाट लाएर आउदा सूनपानी छर्किएर भित्र जानू पर्ने अवस्था थियो । प्राविधिक शिक्षा विना देशमा आर्थिक र सामाजिक उन्नती हून्न भन्ने सवैलाई थाहा छ । ८७६ वटा शिक्षालयबाट बार्षिक ६०८६९ जना भर्ना क्षमता भएको जानकारी गराउनू भयो । पहूच पनि धेरै भएको भन्दै हाल ४५वटा आगिक, साझेदारी ६ वटा ३९७ सामूदायिक शिक्षालयमा प्राविधिक शिक्षा चलेको छ । सान्र्दभिक हून निशूल्क पढाउनू छ । त्यसलाई आय आर्जन गरेर निशूल्क गर्न सकिन्छ । विद्यार्थीबाट प्राप्त आय आर्जन गर्दै अघि बढ्नू आवश्यक छ । अव विद्यार्थी कापी लिएर होइन हेलमेट, बूट लगाएर पढ्न आउनू पर्ने हून्छ । त्यसबाट मात्र गरिखाने विद्यार्थीको उत्पादन हूनू आवश्यक छ । त्यस पछि दिगो विकास को सपना साकार हून्छ । गूणस्तरमा चूनौती छ । भौतिक पूर्वाधार व्यवस्थापनको आवशयकता हून्छ । आवश्यक पर्ने औजारहरुको आवश्यकता हून्छ । गउमबतभम हूनू पर्छ । सिकाउन सक्ने प्रशिक्षक अघि बढाउनू पर्छ भन्दै आफ्नो भनाई राख्नू भयो ।

 प्राविधिक शिक्षा को उन्ननय र उन्नतीका लागि यस कार्यक्रममा आउनू भएकाहरुलाई धन्यवाद दिदै कार्यक्रम संचालक श्री शंकर कोइरालाले सूरुवात गर्नू भयो ।

CTEVT को इतिहासमा पूष ६ गते कालो दिनका रुपमा देखिएको छ । कृष्णसेन बहूप्राविधिक शिक्षालयका भाइ वहिनी र प्रशिक्षकहरुको गाडी दूर्घटनामा परि मृत्यू भएको छ वहाहरुको सम्झनामा १ मीनट मौन धारणा गरि कार्यक्रमलाई अघि बढाइएको छ । साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरियो ।

लाहान प्रा.शि. का शिक्षालय प्रमूख जोग नारायण यादव द्धारा सवैलाई स्वागत गर्दै शूभारम्भ हून लागेको समुद्घाटन कार्यक्रममा सवैलाई स्वागत गर्नू भयो  लाहान प्रा.शि. वाट १३ वटा कार्यक्रम संचालन भएको जसमा ३७२१ लामो अवधिको र ४४१३ छोटो अवधिका तालिम सम्पन्न गर्न सफल भएको कूरा बताउनू भयो । ५९ जना कर्मचारी बाट सेवा प्रदान भएको जानकारी गराउदै प्राविधिक शिक्षा लाई गूणस्तरीयता विकास गर्न सहज हून यो व्यवस्थापन गोष्ठीले सहयोग हूने कूरामा जोड दिनू भयो ।।

प्राविधिक महाशाखाका निर्देशक अनूज भटटराईले ३६औ व्यवस्थापन गोष्ठीको मूख्य उदेश्य भनेको वर्षभरी गरिएको कामको समीक्षा गर्ने हो भन्दै सीप यूक्त नेपाल समृद्धि जनताका लागि गरिने कार्यक्रमको निचोड रहने कूरा वताउनू भयो।

२ नं. क्षेत्रका नीजी शिक्षालयका विजय झाले नेपालको ३६ प्रतिशत जनता रहेको यस क्षेत्रमा धेरै शिक्षालय हूनू पर्ने भन्दै सवैलाई स्वागत गर्नू भयो ।

शैलेन्द्र मोहन झाले शूभकामना मन्तव्य व्यक्त गर्दै  ऋत्भ्ख्त् को नाम परिवर्तन गर्ने नाममा पून संरचना हून नपूगोस, २०५० सालको CTEVT को स्थापनाले देशको आर्थिक क्षेत्र, सामाजिक क्षेत्रमा यसको योगदान भएको छ । मातृ मृतुदर समेत घटेको छ । देशलाई प्राविधिक जनशक्ति दिएर योगदान पूरयाएको  छ । विदेशमा पनि यस बाट उत्पादिन व्यक्ति गएका छन् । देशमा कति खरदार मुखिया चाहिन्छ । कति कूल्ली चाहिन्छ ?यसको प्रक्षेपण हूनू जरुरी भएको भन्दै  प्राविधिक शिक्षाको आवश्यकता वारे जानकारी गराउनू भयो ।

फोरम फर हेल्थका अध्यक्ष श्री खगेन्द्र अधिकारीले हामीले ठूलो वहस प्राविधिक शिक्षाको वहस गरिरहेका छौ । आवश्यकतामा रहेर समीक्षा हूनेछ । प्राविधिक शिक्षामा संलग्न रहेर वसेका हामीलाई निकै विवादमा राखिएको छ । प्रधानमन्त्रीले ७० प्रतिशत प्राविधिक शिक्षालाई दिनू पर्छ भन्ने कूरा ल्याइएको छ । यसलाई कसरी व्यवस्थित गर्नू पर्ने ठाउमा विवादित पार्ने काम भएको छ । अहिले देशको विकट ठाउमा जिवनजल बाड्ने CTEVT का व्यक्ति छन् । सूत्केरीलाई सिहार्ने पनि उनीहरुनै छन् । आज प्राविधिक शिक्षाको तफबाट ठूलो संख्यामा उत्पादन गरेका छौ । बेला वखत उठ्ने गरेका छन् ऋत्भ्ख्त् का उत्पादितले सूइ लाउन पनि सक्दैनन भन्छन् तर त्यो होइन उनीहरु गूणस्तरका छन् । उनीहरुले राम्रो काम गरेका छन् चाहे गंगालाल हस्पिटलमा होस वा धरानमा काम गर्ने सवै राम्रा छन् । कसैको सिकाइमा कमजोरी भएमा सवैलाई दोष लगाउनु राम्रो होइन । अनूगमन गरि कडाइका साथ लागू गरिएकोले उत्पादित जनशक्ति गूणस्तरीय छन् । यसमा हामी कम्प्रोमाइज गरेका छैनौ । समीक्षा गरि रहदा सम्वन्धन दिने कूरामा तीन तहको सरकारले कसरी गर्ने कूरा छ । त्यसको फ्रेमवर्क केन्द्र तयार गर्नू पर्छ । ठूलो रुपमा पाठयक्रम बनाउदा केन्द्रबाटै गर्नू आवश्यक हून्छ । सर्टिफिकेट पनि केन्द्रबाट हूनु पर्छ । अनूगमन पनि व्यवस्थित तरिकाले गर्नू पर्छ । स्तर निर्धारण गर्दा पनि केन्द्रबाट गरे राम्रो हुन्छ । सामाजिक सूरक्षाको कूरा आएको छ  यसलाई पनि ध्यान दिनू आवश्यक छ । यसलाई निरन्तरता दिदै शूभकामना मन्तव्य दिनू भयो ।

CTEVT कर्मचारी संगठनका अध्यक्ष तेज बहादूर खत्रीले यस्तो विशम परिस्थितीमा देश संघीय संरचनामा छ । विभिन्न वहस चलेको छ । देशको आवश्यकता अनूसार त्ख्भ्त् लाई कसरी अगाडि बढाउने भन्ने हो । पून संरचनाका नाममा विभिन्न प्रतिवेदन आएका छन् त्यसलाई यदि राज्यलाई चाहिने एउटै सोच भए राम्रो हूने थियो । तर वहाहरु आफू केन्द्रीत भएको देखिएको छ । फरक फरक धारणा आएका छन् त्यसर्र्लाई राज्यलाई चाहिने के हो त्यसको खोजी गरिनू पर्छ । प्राविधिक शिक्षालाई देश भर नै पूरयाउनू पर्छ तर आज किन विवादित छौ । २०० वटा सामूदायिक शिक्षालयलाई दिएका छौ केही भएन तर नीजि तिर दिन खोज्दा पनि सारा मेडियाले लेख्छ  यो किन? शूल्कका वारेमा जे तोकेको छ त्यही लागू गर्न तयार हून निजी शिक्षालयका आग्रह गर्नू भयो ।

कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष विनोद कूमार बानियाले व्यवस्थापन गोष्ठीलाई राम्रो छलफल गरेर निष्कर्षमा पूरयाउ भन्दै शूभकामना व्यक्त गर्नू भयो । संघका पूर्व अध्यक्ष देवदत्त बडूले यो मूलूकमा लगभग ३० बर्षे लामो काम गरेको छ । यो मूलूकले भोग्दै आएको वरोजगारीको समस्या सामाधान गरेको छ । देश संघीयतामा गएको छ । यसले चूनौती आएको छ अवसर पनि आएको छ । यो अनूभवलाई प्रदेश बाट यसको सदूपयोग गर्ने छ । र प्राविधिकको विस्तार गर्ने अवसर छ । ७५३ वटै तहमा प्राविधिक शिक्षाको विस्तार गर्ने अवसर छ । चूनौती भने छ देशमै यसको वहस भएको छ । नाम नै परिवर्तन गर्ने कूरा चलेको छ । त्यस कूरा नया संरचनाले गर्न सक्छ कि सक्दैन । यो गोष्ठीले अव राम्रो बाटो तय गर्ने छ भन्दै शूभकामना व्यक्त गर्नूभयो ।

जेएस मुररका बहूमूखी क्याम्पसका प्रमूख तूलसी राम पोखरेलले २१ औ सताव्दी मा दौडिरहदा यसको तूलना गर्न सकिदैन । यसलाई अझ प्रखर रुपमा लैजानू पर्छ । देशमा प्राविधिक धार तिर गयो भने झन राम्रो हूनेछ । प्राविधिक शिक्षालाइै स्थानीय स्तरमा पूरयाइरहदा गूणस्तरलाई ध्यान दिनू आवश्यक छ । सरकारले स्थानीय तह सम्म गहन रुपले पूरयाउने लक्ष रहिरहदा यस भेगमा प्राविधिक शिक्षाका सवालमा हाम्रा सामूदायिक कलेजले त्यस्ता कार्यक्रम गर्न सक्ने छौ । यदि यस्ता सामूदायिक कलेजलाई अनूगमन गरेर त्यसलाई कार्यक्रम दिन पहल गरे राम्रो हूने थियो भन्दै यो शिक्षालाई प्रखर र वलियो बनाइयोस भन्दै आफ्नो भनाइ राख्नू भयो ।

लाहान उद्योग बाणिज्य संघका अध्यक्ष असोक अमात्यले सवैलाई लाहानमा स्वागत गर्नू भयो । लाहान नगरमा पर्यटकीय स्थान अवलोकन गरेर जानू भए राम्रो हूने कूरा वताउनू भयो । प्राविधिक विश्व विद्यालयनै बनाएर जाने सोच भएको कूरा वताउदै तर यहा त अरु नै समस्या भएको कूरा अवगत गरेको महशूस गर्नूभयो । अव फेरी पूजी लगानी गर्ने कि नगर्ने कूरामा हामी द्धिवदामा छौ । यहा होटल मेनेज्मेन्ट र सर्वेलाई पनि ध्यान दिन अनूरोध गर्नू भयो । लाहानलाई अघि बढाउन लाहनको आप, लाहनको आखा अस्पताल र लाहानको प्राविधिक शिक्षालाई अझ बढाउन विशेष जोड दिनू भयो ।

लाहान नगरपालिका का प्रमूख मूनी शाहले सूखी लाहन समृद्ध लाहनको कूरा भन्दै यो लाहानमा यस्तो कार्यक्रम ल्याउनू भएकोमा धन्यवाद दिनूभयो । प्राविधिक शिक्षालयले लाहान मात्र नभइ देश भरी नै यसले टेवा पूरयाएको छ । यो प्रदेश क्षेत्रकै रुपमा यस शिक्षालयलाई अगाडि बढाइयोस । सीप मुलक कार्यक्रमका लागि जून सूविधा चाहिने हो त्यो पूरा होस । छिटो छरितो तरिकाले कार्यक्रममा अघि बढाइयोस भन्दै महिला विद्यालय समेत खोल्ने योजना भएको बताउनू भयो । सम्पूर्ण रुपमा कार्यक्रम सम्पन्न भइ राम्रो नीति तय हून सकोस भन्ने शूभकामना दिनू भयो ।

सिरहा जिल्लाका प्रमूख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले गरिएका कामको उपलव्धी, देखिएका कामको चूनौतीलाई निष्कर्षमा ल्याउनू पर्ने छ । आम्दानी खर्च का बारेमा छलफल हूने छ । हजारौ जनशक्ति उत्पादन गरेर ख्याती प्राप्त गर्न सफल ऋत्भ्ख्त् विभिन्न आरोह अवरोह पूरा गर्दे यो स्थानमा आउनु भएको छ । विभिन्न चूनौती अझै छ । यस गोष्ठीले विभिन्न जिल्लाहरुमा राम्रा अभ्यासलाई लिदै नराम्रा अभ्यासलाई त्याग्दै जानू हुनेछ । केही चूनौती छन् CTEVT मा रहेका शिक्षकहरु वहाहरुलाई नया प्रविधि संग सामना गर्न सक्ने बनाउनू पर्छ । अहिले नीजि क्षेत्रमा स्थापना भएकाले उनीहरु लहडका आधारमा आएका समस्यालाई समाधान गर्नु आवश्यक छ । प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालयका तह लाने भनिएको छ तर श्रोत साधन छैन। यसको व्यवस्थापनको चूनौती छ । त्यसै गरी जनशक्तिको अभाव छ । चाहिने जनशक्ति अझै ५०० देखि ७०० शिक्षक पूग्दैन । यसलाई कसरी समाधान गर्ने चूनौति छ । विद्यार्थीलाई अनूशासनमा राख्ने अति चूनौती छ । साना कूरामा हडताल गर्ने गर्छन् । यसको समाधान हूनू पर्छ । अति राजनैतिककरण गर्ने समस्या पनि छ यसलाई व्यवस्थापन गर्नू पर्छ । यती विषयहरुमा छलफल गर्नूहोस सूधार गर्नूहोस जसले समस्या समाधान पक्कै हून सक्छ भन्दै शूभकामना व्यक्त गर्नू भयो।