2078-10-21 Technical - बैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थित रुपमा प्रशिक्षण कार्य संचालन गर्न बारे सूचना


published by CTEVT Web Admin

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
सानोठिमी, भक्तपुरको जरुरी सूचना
सूचना प्रकाशित मितिः २०७८ माघ २१ गते


यस परिषद्को मिति २०७८।०९।२७ गतेको निर्णयानुसार हालैका दिनहरुमा कोभिड १९ को संक्रमण तीब्र रुपमा फैलिएको र ओमिक्रोन भरियन्टको संक्रमण समेत पुष्टि भएको कारण विद्यार्थीहरुको स्वास्थ्य, सुरक्षा तथा वचावटलाई बिशेष ध्यान दिंदै परिषद् अन्तर्गत संचालित सम्पूर्ण आङ्गिक, साझेदारी, सामुदायिक र निजी स्तरमा सञ्चालित शिक्षालयहरुमा हिउँदे तथा बर्षे बिदाबाट बिदा मिलान हुने गरी २०७८ माघ १५ गतेसम्म भौतिक रुपमा शैक्षिक गतिविधि एवं पठनपाठन सम्बन्धी कार्यहरु नगर्नु नगराउनु भनी सूचना जारी गरिएकोमा २०७८ माघ १४ गतेको सूचना अनुसार २०७८ माघ १५ गते देखि २० गते सम्म सम्पूर्ण बिद्यार्थीहरुलाई अभियानको रुपमा खोप दिने व्यवस्था गरी खोप लगाएको सुनिश्चितता गर्नु हुन जानकारी गराइएकोमा हालसम्म पनि कोभिड १९ को संक्रमण नरोकिएको हुँदा यस परिषद्द्धारा जारी गरिएको "बैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन कार्यविधि २०७७" अनुसार यहि २०७८ माघ २३ गते देखि बैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थित रुपमा प्रशिक्षण कार्य संचालन गर्न गराउन हुन परिषद् कार्यालयको मिति २०७८।१०।२१ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
निर्देशक
प्राविधिक महाशाखा