Admin- Re-notice on 15% Fee reduction during alternative classes.


published by CTEVT Web Admin

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, 
सानोठिमी, भक्तपुरको 
१५% शूल्क छुट दिने सम्बन्धी अन्यन्त जरुरी सूचना ।
प्रकाशित मिति २०७९्/१/२३


परिषद् कार्यालयको मिति २०७८।०५।०४ गतेको निर्णयानुसार परिषद् अन्तर्गत प्रमाणपत्र/डिप्लोमा तह र प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरु संचालन गर्ने आंगिक , साझेदारी, टेक्स र निजी शिक्षालयहरुले कोभिड १९ को कारण बैकल्पिक माध्यमबाट पठन पाठन गराएको अवधिभरको मासिक शुल्कमा १५ प्रतिशत शुल्क छुट गर्न निर्णय भई सूचना समेत सम्प्रेषण गरिसकिएको सन्दर्भमा शिक्षालयका प्रशिक्षार्थीहरु तथा विद्यार्थी संघ÷संगठनहरुद्वारा कतिपय शिक्षालयहरुले तोकिएको शुल्क छुट नगरेको भनी परिषद् कार्यालयमा ध्यानाकर्षण गराएको हुँदा सो शुल्क छुटलाई सबै शिक्षालयहरुले अनिबार्यरुपमा लागु गरी परिषद् कार्यालयलाई जानकारी समेत गराउनुहुन मिति २०७९।०१।२३ गतेको परिषद् कार्यालयको  निर्णयानुसार पुनः यो सूचना प्रकाशित गरिएको छ ।