ENSSURE Project Submission of EOI - आशयपत्र पेश गर्ने सम्बन्धी सूचना


published by CTEVT Web Admin

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

सानोठिमी, भक्तपुर

औद्योगिक प्रशिक्षार्थी तालीम(अप्रेन्टिशीप)संचालनको लागि

आशयपत्र पेश गर्ने सम्बन्धी सूचना

 

प्रथम पटक प्रकाशित मितिः २०७९।०४।०६ गते शुक्रबार

 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को चालू आर्थिक वर्ष २०७९।०८० को वार्षिक कार्यक्रम तथा बजेट अनुसार  Hotel Management, Electrical Engineering, Mechanical Engineering, Automobile Engineering, Information Technology, Early Child Development Facilitation (ECDF) Civil Engineering (Specialized in Building Construction) कार्यक्रमहरुमा प्रि-डिप्लोमा तहका २ वर्षे नि:शुल्क औद्योगिक प्रशिक्षार्थी तालीम (Dual VET Apprenticeship Training) सञ्चालन गर्नु पर्ने भएकोले सम्बन्धित कार्यक्रमहरुमा प्रि-डिप्लोमा तथा डिप्लोमा तहको नियमित कार्यक्रम सञ्चालन भएका (ECDF बाहेक) ईच्छुक परिषद् अन्तरगत सञ्चालित अङ्गिक, साझेदारी र सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) शिक्षालय/विद्यालयहरुले तपसिल बमोजिमका विवरण भरी मिति २०७९।०४।१६ गते सोमबार भित्र training@ctevt.org.np ईमेल मार्फत आशयपत्र पेश गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

क्र स

शिक्षालय/ विद्यालयमा सञ्चालन भएका नियमित कार्यक्रम

हाल सञ्चालनमा रहेका औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

सञ्चालन गर्न चाहेको औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम

कार्यस्थल सिकाइका लागि सिफारिस उद्योग/कम्पनी/व्यवसायहरुको नाम र संक्षिप्त विवरण

 

 

 

 

 

 

पुनश्चः

१. सिफारिस उद्योग/कंपनी/व्यवसायहरू सम्बन्धित शिक्षालय /विद्यालयबाट बढीमा २० कि.मि. दूरीमा अवस्थित भएको   हुनुपर्नेछ।

२. Early Child Development Facilitation- ECDF कार्यक्रमको लागि महानगर र उपमहानगर भित्रका शिक्षालय /विद्यालय हरुले मात्र आशयपत्र पेश गर्नुहुन।

# यस सम्बन्धी थप जानकारीको लागि फोन नम्बर ०१-६६३५४२८ र ०१-६६३२२३० मा सर्म्पक गर्नुहुन।

 

तालीम विकास महाशाखा