Notice for Job Vacancy Magh 24, 2076


Deadline  2020-02-27

Click here to download the detail notice

दरखास्त फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरू

Online दरखास्त आवेदन फाराम भर्न र दरखास्त फाराम दस्तुर बुझाउने सम्वन्धी सूचना
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सानोठिमी भक्तपुरमा रिक्त रहेका विभिन्न पदका लागि मिति २०७६।१०।24 देखि २०७६।११।१5 गते भित्र दरखास्त दस्तुर सहित दरखास्त फाराम बुझाउनु हुन सूचित गरिन्छ । सो अवधि भित्र दरखास्त फाराम र दस्तुर बुझाउन नसक्नेहरूका लागि मिति २०७६।११।22 सम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सकिनेछ।दोव्बर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता, अनुभव अवधि र अन्य योग्यताको प्रयोजनको लागि गणना गरिने छैन । 
दरखास्त फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरू:
१.	निवेदक (उम्मेदवार) हरूले सूचना बमोजिमको समयावधि भित्र तोकिए बमोजिमको दरखास्त शूल्क बुझाए पश्चात् फारम रुजु लगायत अन्य प्रक्रिया अघि बढाईने छ |
२.	सर्बप्रथम रजिष्टर गर्नुहोस् | त्यसको लागि आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् अथवा screen को top-right corner मा Registration मा click गर्नुहोस् |
	क)	Password कम्तिमा ६ characters को हुनु पर्नेछ, जसमध्ये एउटा Capital letter र एउटा Number हुनुपर्नेछ |
	ख)	Captcha राख्दा देखिए अनुरुप Capital र Small letter मा लेखी continue मा click गर्नुहोस् |
३.	यसपछि Login ID प्राप्त हुनेछ | एक भन्दा बढी विज्ञापनमा Apply गर्दा र प्रबेश पत्र लिंदा समेत यहि Login ID प्रयोग गर्नुपर्ने भएकोले सो Login ID र Password सुरक्षित राख्नु पर्नेछ |
४.	पुनः आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् |
५.	यसपछि उपलब्ध fields मा भर्नु पर्ने विवरणहरू भरी Submit गर्नुहोस् | दरखास्तवालाको नाम र पारिवारिक विवरण अनिवार्य रुपमा नेपाली युनिकोडमा लेख्नु पर्नेछ ।
6.	Online दरखास्त फाराम Submit गरे पश्चात् प्राप्त हुने Application Number अनुरुप बुझाउनु पर्ने परिक्षा दस्तुर eSewa वा Fone Pay वा khalti app  मार्फत बुझाउनु पर्नेछ । तोकिए बमोजिमको रकम जम्मा नगरेको Online दरखास्त फाराम रीतपूर्वक भएको मानिने छैन ।
७.	 eSewa वा Fone Pay वा khalti app  मार्फत भुक्तानी गर्दा आफ्नो User Id र Password प्रयोग गरी पुन: Login अथवा View all vacancies मा Click गर्दा देखिने Payment Option हरू मध्ये आफुले प्रयोग गर्न चाहेको Option मा Click गरी भुक्तानी गर्न सकिनेछ ।
८.	परीक्षा दस्तुर तथा attach गरेको documents CTEVT बाट verification गरिने भएकोले केहि समय लाग्नेछ  र verify भएको सूचना Appliciantको mobile मा SMS तथा Email मार्फत प्राप्त हुनेछ ।
9.	उपर्युक्त अनुसार सवै पदहरूको परीक्षा केन्द्र काठमाडौंमा हुनेछ । सबै पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट लिइनेछ । लिखित परीक्षाको कार्यक्रम तालिका सम्पर्क मिति २०७६ चैत्र 14 गतेका दिन प्रकाशित गरिने छ ।
१0.	एकपटक submit भएको दरखास्त फाराम फेरी edit गर्न सकिने छैन | तोकिए बमोजिम परीक्षा दस्तुर जम्मा नगरेमा, झुठा विवरण पेस गरी online  दरखास्त फाराम भरेमा वा विवरण अनुसार प्रमाणपत्र अपुग भएमा सो दरखास्त फाराम स्वतः रद्द हुनेछ |
11	दरखास्त Reject वा Accept भएको जानकारी SMS (NTC/Ncell मोबाइल नम्बरमा मात्र) मार्फत गराइनेछ । तथा सोको जानकारी login गरी हेर्न सकिनेछ । कारणबस Reject भएका दरखास्तहरू दरखास्त दिने अन्तिम दिन सम्ममा सोही login बाट आफैले सच्याउनु पर्ने भएमा सच्याएर पुनः पेश गर्न सकिनेछ ।
12.	समावेसीको हकमा महिला बाहेक अन्य समूहमा apply गर्दा विज्ञापनको सूचनामा तोकिए बमोजिमको प्रमाण पत्र अनिवार्य upload गर्नुपर्नेछ |
13.	कुनै संघ संस्थाका वहालवाला कर्मचारी उम्मेदवार हुन चाहेमा सम्वन्धित कार्यालयको स्विकृती अनिवार्य रुपमा पेश / upload गर्नु पर्नेछ । CTEVT मा स्थायी रुपमा कार्यरत कर्मचारीले समान तहको पदमा दरखास्त दिन पाउने छैन ।
14.	पाठ्यक्रम CTEVT को वेबसाइटमा उपलब्ध छ ।
दरखास्त फाराम भर्दा कुनै समस्या आएमा कार्यालय समयभित्र CTEVT ‍नं  01-6631458, 01-6631459, 6630769  मा सम्पर्क गर्नुहोला।