![](http://ctevt.org.np/public/uploads/images/V3VyBw59OzWzZ7POebwkdN62RCCiMlEsNFqT0Mvl.jpeg)
Jan 28, 2021
सुदूरपश्चिम प्रदेशको १० बर्षे निति तर्जुमा सम्बन्धमा सुझाव संकलन
सुदूरपश्चिम सरकार का मुख्यमन्त्रि मा. त्रिलोचन भट्टको प्रमुख आतिथ्यता, माननीय सामाजिक बिकास मन्त्रि कृष्णराज सुबेदीको अध्यक्षता र प्रदेश योजना आयोगका सदश्य मा. मोहनदेब बिष्ट बिशिष्ठ अतिथी रहेको प्राबिदिक तथा ब्यावसायिक शिक्षा र तालिमको १० बर्षे निति तर्जुमा सम्बन्धमा सुझाव संकलन गर्न र TVET ब्यवस्थापन तथा गुणस्तर सुधार सम्बन्धी सहजीकरण गर्न आयोजित दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा उद्योग बाणिज्य संघ, नगरपालिका र गाउपालिका महासंघ, सामाजिक बिकास मन्त्रालय, तथा प्राबिधिक शिक्षा संचालन गर्ने सुदूरपश्चिम प्रदेशका ५६ वटा बिद्यालयका प्राचार्यज्यूहरुको उपस्थिति रहेको थियो। प्रदेशको प्राबिधिक शिक्षा नीति सम्बन्धी सुझाव संकलन गरियो। प्राबिधिक शिक्षाको ब्यवस्थापन, गुणस्तर सुधार सम्बन्धी प्रस्तुती गरियो। यसै कार्यक्रममा बिद्यालयहरुले प्राप्त गर्ने अनुदान तथा छोटो अवधिका तालिम संचालनको पनि सम्झौता सम्पन्न गरियो ।