Jan 09, 2023

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ४० औ व्यवस्थापन समीक्षा गोष्ठीको समापन

टैलेन्द्र आचार्य, निर्देशक

एकराज अधिकारी, उपनिर्देशक

सवै क्षेत्र साधक बनौ बाधक नबनौ भन्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ४० औ व्यवस्थापन समीक्षा गोष्ठीको समापन २०७९।९।२५ गते चितवनमा ७ बुदे प्रतिवध्ता सहित सम्पन्न भयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ४० औ व्यवस्थापन समीक्षा गोष्ठीको समापन कार्यक्रमको समापती परिषद्का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी बाट शुसासन के हो ? हाम्रो परिषद्का हुने शुसासन के हो त । हाम्रो जिम्मेवारी ठीक सग निर्वाह गरेउ भने त्यही हो शुसासन । शिक्षालयको प्रमुखले गर्ने काम कर्तव्य निर्वाह गर्नु नै शुसासन हो । हामी विदेश पठाउछौ । नाम चलेका कलेजमा पढाउछौ । तर हामीले त्यसलाइ विचार गरेका छौ । हामीले नीतिगत परिवर्तन गरेर हाम्रै ठाउमा राम्रो गर्नु परयो । समीक्षा गोष्ठीमा के के गरेउ त्यसलाइ ध्यान दिनु पर्छ । सरुवा गर्ने विधि निर्माण गरौ र बर्षमा एक पटक सरुवा गरौ । नीजि संस्था सम्वन्धन दिन हामीले केही समय वन्द नै गरेका हौ । हामी सग धेरै निवेदन दिएर फाइल बसेका छन् । तिनीहरुलाइ रोकि सरकारी विध्यालयलाइ मौका दिएउ । तर त्यसले कामयाप भएन भन्ने देखियो । थुप्रै कारणले यी सवै भएका हुन । अव हामीलाइ संस्था नै नचाहने हो कि? त्यो पनि होइन । ५ लाख विध्यार्थी SLC पास गरेर आउछन् । उनीहरुलाइ पढ्ने ठाउ चाहिने हुन्छ । त्यसैले यी पुराना निवेदन दिएकाहरुलाइ अन्तिम चरणमा लाने योजना बनाएकै हो । हाम्रो उदासिनताको कारणले यी सवै काम अघि नबढेको देखिन्छ । सम्वन्धनका काम पारदर्शी तरिकाले अघि बढाउने हो । परीक्षामा भएका कामका सन्दर्भमा कार्यटोलीको रिपोर्ट आउना साथ कार्यन्वयन गर्ने भन्नु भयो । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्थापना पश्चात CTEVT मा केही समस्या आएको यथार्थ देखिएको छ । यसलाइ विस्तारै सुधार गर्दै जानु पर्छ भन्दै कार्यक्रमलाइ समापन गर्नु भयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का सदस्य सचिव जीव नारायण काफ्लेले विभिन्न मुद्दामा छलफल गरेका छौ । यसलाइ परिषद् वा कार्यलय तहमा गर्न हामी तत्पर रहनु पर्छ । कार्यान्वयनलाइ प्रतेक महाशाखाबाटै समाधान गर्न तयार रहनुहोस । हाम्रो कार्यशैलीलाइ सुधार गर्नु पर्छ । कुरा गर्नु भन्दा काम गरौ । मैले कति काम गरे भन्ने सोचौ । प्वाल पार्न सजिलो हुन्छ । एउटा मुसाले जहाज प्वाल पारेर डुवाउन सक्छ । त्यसैले तेस्तो कार्य तिर अग्रसर हुनेलाइ निरुत्साह गरौ । सवै एक जुट भएर प्राविधिक शिक्षालाइ उच्च बनाउने काम गरौ भन्दै निर्देशन समेत दिनु भयो । नर्सिङ कलेज धेरै बन्द भएकाले पढ्न कठिनाइ भएको छ । हाम्रा शिक्षालयमा पनि यसलाइ विस्तार गर्ने तिर सोच्न सवैलाइ आग्रह गर्नु भयो । सुचना प्रविधिमा कर्मचारीको समस्या भएकै छ तर यसलाइ समाधान गर्न जोड गर्ने सुझाव समेत दिनु भयो । शिक्षालय प्रमुखलाइ बासस्थान समेत दिएकोले २४ घण्टा नै शिक्षालयको निगरानी गर्नु पर्यो भन्दै आफ्नो भनाइलाइ राख्नु भयो ।

प्राविधिक महाशाखाका निर्देशक दिपक प्रसाद पौडेलले सवैलाइ धन्यवाद दिनुभयो । करारका कर्मचारीहरुलाइ कमसेकम बर्षको १ महिनाको तलव बचत गरि अवकास हुदा दिने व्यवस्था मिलाउन पहल गर्न अनुरोध गर्नु भयो ।

परिषद्का सदस्य श्री विश्वनाथ ओझाले यस कार्यक्रममा सहभागी गराउनु भएकोमा धन्यवाद दिनु भयो । सवैको संस्था प्रतिको सम्मान देख्दा खुशि व्यक्त गर्नु भयो । नेपालको सीप सिकाउने सवै भन्दा ठुलो संस्था यही CTEVT हो । यसमा सवैले अपनत्व लिनु पर्छ । हामीले यो संस्थालाइ उठाउन हामी वीच सहिसुर्णता हुनु आवश्यक छ । जति सक्दो दरवन्दी थपेर मानव संस्साधन बढाउने तिर जोड गरौ । सवै क्षेत्र साधक बनौ बाधक नबनौ । यहाहरु सवै साधक बन्दै नीति निर्माण तयार गरौ । यसमा प्रयत्न गरौ र निराशपन हटाएर अघि बढौ । परीक्षा प्रणालीमा भएको कमजोरीको कारणले आकर्षण घटेको सुझाव आएकोले यसलाइ परिवर्तन नै गरेर जानु आवश्यक देखिएको छ । यसमा सवै सचेत बनौ । केही बर्ष अघि देखि योगदान गरे वापत केही रकम काट्ने र केही थप्ने कुरा पनि चलेकोले भावी पिडिका लागि हुने हुनाले यसलाइ कार्यन्वयन गरे राम्रै हुनेछ । म विवादलाइ न्यनीकरण गरौ भन्छु । प्रतिवेदन कार्यान्वयन गर्न आवश्यक छ। ‌औलाले केही हुन्न पन्जाले काम हुन्छ । रचनात्मक सल्लाह र सुझावलाइ ग्रहण गरौ भन्दै आफ्नो भनाइ राख्नु भयो ।

सहभागीका तर्फबाट शंखरापुर बहु प्राविधिक शिक्षालयका प्रमुख अनिल मुनि बज्राचार्यले न्युन भर्नादरलाइ बढी जोड दिदै सवैले बढाउन पहल गर्न अनुरोध गर्नु भयो । यसलाइ कसरी बढाउने भन्ने कुरामा सवैले ध्यान दिनु पर्ने बताउनु भयो । रोजगारी पनि जोडिने भएकोले अरु सरोकारवालाहरु संग समन्वय बढाउनु पर्ने देखाउनु भयो ।

तेस्तै भेरी प्राविधिक शिक्षालयका प्रमुख आशा कुमारी श्रेष्ठबाट प्रदेशमा छलफल गरेर पुन यस गोष्ठीमा छलफल गर्नाले बढी उपलव्ध भएको अनुभव सुनाउनु भयो ।

उक्त गोष्ठीले प्रतिवध्दता प्रत्र जारी समेत गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ४० औ व्यवस्थापन समीक्षा गोष्ठी सौराहा प्रतिवद्धता पत्र

१ परिषद अन्तर्गत शिक्षालयहरु स्थापना सम्वन्ध तथा कार्यक्रम थप गर्दा सीप नक्साकंन बमोजिम गरन् ।

२ गुणस्तर सुनिश्चितता मापदणड लाइ पुर्ण रुपमा कार्यान्वयन गर्ने ।

३ पाठ्यक्रम सुधार तथा परीक्षा प्रणालीको सवलीकरण गर्ने ।

४ प्रशिक्षार्थी भर्ना दर वृध्दि गर्न रणनीतिक कार्यक्रमहरु संचालन गर्ने ।

५ पदपुर्ति प्रक्रियालाइ निरन्तरता गर्ने

६ सेवा काराका सेवा सुविधामा सम्वन्धमा सरोकारवाला निकायहरुमा कार्यान्वयनका लागि पहल गर्ने

७ परिषद्को आय आर्जन प्रवर्द्धन कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्ने ।